मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न

धनकुटा । गुराँस लघुवित्त वित्तीय संस्थालि. को छैठौं वार्षिक साधारण सभा सम्पन्नभएको छ । न्यु अञ्जुली होटल धनकुटामा संस्थाका अध्यक्षश्री उदय नारायण बरालको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाले आर्थिक वर्ष ०७७।०७८ सम्मको मुनाफाबाट चुक्तापुँजी रु.८,३४,००,०००।–को ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनश शेयर गरी १७.७८ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।

यसका साथै सो साधारणसभाले आर्थिक वर्ष ०७७।०७८ को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षण भएको आ.व. ७७।७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित वित्तीय विवरणहरु तथा संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरु संशोधनको प्रस्ताव समेत पारित गर्नुका साथै आ.व. ०७८।०७९का लागि लेखापरिक्षक नियुक्ती समेत गरेको छ ।

उक्त साधारण सभाले संस्थापक समूह “क” अन्तर्गत रिक्त रहेका ४ जना संचालकहरुमा उदयनारायण बराल, अशोक गौतम, राजु प्रसाद अधिकारी र विजयकुमार दाहाललाई निर्विरोध निर्वाचित गरेको छ । २०७३ कार्तिक २२ गते स्थापित संस्थाको छैठौं स्थापना दिवसका दिन सम्पन्न उक्त साधारणसभामा सहभागी शेयरधनीहरुले संस्थाको उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गरेका छन् ।

विश्व