मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

स्तरोन्नतीका लागि मनकामना केबुलकार ४ दिनको लागि बन्द हुने

स्तरोन्नतीका लागि मनकामना केबुलकार ४ दिनको लागि बन्द हुने

काठमाडौं । नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतीका लागि आइतबार देखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ । जस अनुसार केवुलकारको सेवा आउँदो पुस ४ गते देखि ७ गते सम्मका लागि बन्द रहने छ। । मर्मत संभार सकिए पछि पुस ८ गते बिहीबार बाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत हनेछ ।

केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो । लामो समय देखि जडान गरिएको प्रविधि र उपकरणमा प्रयोग भएका स्पेयर पाट्र्सहरु पाउनै मुस्किल हुँदै गएपछि यसलाई स्तरोन्नति गर्न लागिएको हो । साथै केबलकारको लठ्ठा, ग्रिप लगायतका उपकरणहरुपनि स्तरोन्नति गर्ने जनाइएको छ ।

चालु आर्थिक वर्षबाटै केवलकारलाई नयाँ प्रविधिमालै जाने योजना रहेको छ । कम्पनीका अनुसार केवलकारको भवन, टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहने छ । यो सबै स्तरोन्नति सम्पन्न भएसँगै मनकामना केवलकार मुलुककै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको हुने छ ।

 

विश्व