काठमाडौं । आईतबार थप ४९६१ जनामा कोरोनाभाईरस संक्रमण पुष्टी भएको छ । आईतबार थप भएका संक्रमितहरुसंगै नेपालमा कोरोनाभाईरस संक्रमणका सक्रिय बिरामीहरुको संख्या २५ हजार ६ सय ८० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५१३१ जनाको नमूना परिक्षण गर्दा ४९६१ जनामा कोरोनाभाईरस संक्रमण पुष्टी भएको हो । साथै मन्त्रालयले बिगत २४ घण्टामा थप तीन जनाको मृत्यु भएको र ४३५ जना कोरोनाभाईरस संक्रमणका रारामीहरु निको भई घर फर्किएकाछन् ।
नेपालमा कोरोनाभाईरस संक्रमण ब्यापक रुपमा फैलिन लागेसंगै सरकारले भिडभाड नियन्त्रणमा कडाई गर्न थालेको छ । माघ १५ गते सम्मका लागि ट्युसन सेन्टर र क्याम्पसहरु पनि बन्द गरेको छ । यसअधि सरकारले बिद्यालय बन्द गर्नका साथै २५ जना भन्दा बढी एकैस्थानमा भेला हुन रोक लगाउने निर्णय गरेको थियो ।