रमिला कुवँर आचार्य
काठमाडौं । आज श्रीपञ्चमी, अर्थात सरस्वती पूजा, विद्याकी देवी सरस्वतीलाई पूजा आराधना गरी मनाइँदैछ ।
देशैभरका सरस्वती देवीका मन्दिरहरु पूजा आराधना गर्न बिद्यार्थीहरुको घुईचो लागेको छ । विद्यालय र कलेजहरुमा पनि सरस्वतीको पूजा लगायत बिभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
काठमाडौंका स्वयम्भू, मैतिदेवी लगायत देशभरका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो छ । आफ्ना बालबालिकालाई लिएर सरस्वती मन्दिरमा गई पूजा आरधाना गर्ने प्रचलन रहेको छ ।
आजको दिन बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने चलन रहेको छ । आजको दिन शैक्षिक सामाग्रीहरु जस्तै कलम, किताव, कापीको पनि पूजा–आराधना गर्ने प्रचलन रहेको छ ।
आजैका दिनबाट सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वास रहेको छ ।