काठमाडौँ । आज साउन १५ गते आज नेपालमा खिर खाने पर्वको रुपमा मनार्ईदै छ । नेपाली समाजमा साउन १५ मा खीर खाएर मनाउने प्रचलन सदिउँदेखि कायर छ ।
साउने झरीको बेला नरिवल, छोकडा, काजु, किसमिस, बदाम लगायत बिभिन्न मसलाहरु समेत मिसाई दुधमा चामल पकाएर बनाईने खीर तात्तातै खाँदा स्वास्थ्यलाई राम्रो गर्ने मान्यताका आधारमा साउन १५मा खीर खाने गरिएको हो ।
नेपालमा मनाईने बिभिन्न पर्वहरु अनुसार बिभिन्न प्रकारका परिकारका परिकारहरु भए जस्तै वर्षा ऋतुका बेला मनाईने असार १५ मा दहीच्यूरा र साउन १५ मा खीर खाएर प्रचलन छ । यो परम्परा प्राचीनकालदेखिनै कायम रहेको जनविश्वास छ ।
संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने आहार हो । वैदिकशास्त्रमा खीरलाई पितृ एवं देव कार्यमा समेत प्रयोग गरिने महत्त्वपूर्ण खाद्य वस्तुका रुपमा वर्णन गरिएको पाईन्छ ।