मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

जी २० सम्मेलन नयाँदिल्ली लिडर्स घोषणा सहित भारतको नयाँदिल्लीमा सम्पन्न, भारत मध्यपूर्व युरोप आर्थिक करिडोरको घोषणा

जी २० सम्मेलन नयाँदिल्ली लिडर्स घोषणा सहित भारतको नयाँदिल्लीमा सम्पन्न, भारत मध्यपूर्व युरोप आर्थिक करिडोरको घोषणा

काठमाडौं । भारतको नयाँदिल्लीमा आयोजित जी २० सम्मेलनले भारत मध्यपूर्व युरोप आर्थिक करिडोरको घोषणासहित नयाँदिल्ली लिडर्स घोषणापत्र जारी गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत, मध्यपूर्व र युरोपलाई जोड्ने आर्थिक करिडोरको घोषणा गरेका हुन् । आर्थिक करिडोरको घोषणा गर्दै मोदीले यस करिडोरले पूरै विश्वलाई कनेक्टिभिटीको माध्यमबाट विकासको लागि दिगो बाटो देखाउने बताएका थिए ।

यस आर्थिक करिडोर अन्तर्गत सन्चार र भौतिक पूर्वाधारका काम हुने बताउदै भारतीय प्रधानमन्त्री मोदीले यसअन्तर्गत निर्माण हुने रेलवे मार्गले भारत र युरोपबीचको व्यापार सहज र छिटो बनाउने अपेक्षा व्यक्त गरे ।

अनेकन आशंकाकाबीच अमेरिकी राष्ट्रपति जो बाइडन, साउदी अरबका क्राउन प्रिन्स मोहम्मद बिन सलमान र युरोपियन कमिसनका प्रमुख उर्सला वान डेर लियेनको उपस्थितिमा गरिएको यस घोषणाले चीनले अघि सारेको बेल्ट रोड ईनिसियटिभ (बीआरआई) परियोजनालाई चुनौती दिने ठानिएको छ ।

विश्वका शक्तिशाली अर्थतन्त्र भएका देशहरुको समूहको रुपमा रहेको यस जी २० मा अफ्रिकन युनियनलाई सदस्यता प्रदान गर्ने निर्णयपनि सम्मेलनले गरेको छ । यसअघि जी २० मा १९ देश र एक युरोपेली युनियनगरी १९ सदस्य थिए । अफ्रिकन युनियन थपिएपछि अब जी २० १९ देश र दुई युनियन गरी २१ सदस्यीय भएको छ ।

जी २० मा अमेरिका, क्यानडा, बेलायत, चीन, फ्रान्स, जर्मनी, भारत, अस्ट्रेलिया, ब्राजिल, इन्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की र अर्जेन्टिना रसदस्य छन् ।

विश्व