मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

५९औँ राष्ट्रिय बाल दिवस आज विविध कार्यक्रमकासाथ मनाईँदै

५९औँ राष्ट्रिय बाल दिवस आज विविध कार्यक्रमकासाथ मनाईँदै

काठमाडौं । ५९औँ राष्ट्रिय बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लगायत सरकारी र गैरसरकारी संघ संस्थाहरुले बाल दिवस मनाउन बिभिन्न कार्यक्रमहरुको आयोजना गरेका छन् । बालअधिकारको संरक्षणको नाममा सरकारी तथा गैह्र सरकारी तहबाट बर्षेनी अरबौंको लगानी भईरहेको भएपनि बालअधिकारको पूर्ण प्रत्याभूतिभने अझै हुन सकिरहेको छैन ।

विसं २०२१ साल भदौ ४ गते रत्नराज्यलक्ष्मी देवी शाहले आफ्नो जन्मदिनको अवसर पारी नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई सन्दर्भ पारेर नेपालमा राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालिएकोमा सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसङ्घ महासभाबाट पारित बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले सन् १९९० को सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर विसं २०६३ सालदेखि भदौ २९ गते बाल दिवस मनाउन थालिएको हो।

विश्व