मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गर्दै क्यानडाले जारी गर्यो ट्राभल एडभाइजरी

भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गर्दै क्यानडाले जारी गर्यो ट्राभल एडभाइजरी

काठमाडौँ । क्यानडाले ट्राभल एडभाइजरी जारी गर्दै भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरुलाई आग्रह गरेको  छ । पछिल्लो समय क्यानडा र भारतसँग तनाव बढिरहेका बेला क्यानडाले आफ्ना नागरिकहरुलाई त्यस्तो आग्रह गरेको हो ।

यही मंगलबार जारी गरेको ट्राभल एडभाइजरीमा क्यानडाले भारतको जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा रहेको उल्लेख गरिएको छ । साथै क्यानडाले भारतका गुजरात, पन्जाब, राजस्थान र पाकिस्तानसँग सिमाना जोडिएका अन्य क्षेत्रमा नजान पनि आफ्ना नागरिकहरुलाई आग्रह गरेको छ ।

गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या भारतीय एजेन्टले गरेको भनी गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्री ट्रुडोको सो अभिव्यक्ति लगत्तै क्यानडाले सोही आरोपमा भारतका एक जना कूटनीतिज्ञलाई देश निकाला गरेको पछि र भारतले समेत क्यानडाका एक कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिए पछि क्यानडा र भारतबीचको तित्ताता अहिले बढिरहेको छ ।

विश्व