मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

प्रधानमन्त्री दाहालले चिनियाँ समकक्षी ली संग आज बिहान गरे भेटवार्ता

प्रधानमन्त्री दाहालले चिनियाँ समकक्षी ली संग आज बिहान गरे भेटवार्ता

काठमाडौं । हाल उत्तर छिमेकी मूलुक चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्ना चिनियाँ समकक्षी ली छ्याङसंग आज बिहान चीनको राजधानी बेइजिङमा भेटवार्ता गरेका छन् ।

यस भेटवार्तामा नेपाल र चीनबीच भएको व्यापारिक सन्धिलाई समायानुकुल पुनरावलोकनगरी नेपालको ऊर्जा, कृषि, सूचना प्रविधि लगायतका क्षेत्रलाई प्रवद्र्धन गर्ने, बीआरआई सम्झौतालाई कार्यान्वयनमा ल्याउने लगायतका बिषयमा छलफल भएको बताईएको छ ।

संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिएर अमेरिकाबाट सिधै चीनको औपचारिक भ्रमणमा निस्किएका प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग हिजो हाङजाउमा भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री दाहालले बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गर्ने चीन–नेपाल लगानी सम्मेलनलाई सम्बोधन गर्ने, नेपालसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणगर्ने, छोङछिङ्ग महानगरपालिकामा चीनले अपनाएको आधुनिक खेती प्रणालीबारे अवलोकन गर्ने लगायतका कार्यसूची रहेका छन् ।

प्रधानमन्त्री दाहाल आगामी शनिवार नेपाल फर्कने कार्यक्रम रहेको छ ।

विश्व