काठमाडौं । हिजो आईतबारदेखि आएको मौसमको बदली पर्सी बुधबार सम्म कायम रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। पर्सी बुधबारदेखि मौसममा क्रमिक सुधार आउने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव अहिले नेपालमा देखिएको छ । न्यून चापीय प्रभाव पश्चिमबाट पूर्व सर्दै जाने क्रममा रहेकाले बुधबारबाट नेपालमा सुधार आउने अनुमान गरिएको छ ।