मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

नेपालमा आजदेखि चट्याङ सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन

नेपालमा आजदेखि चट्याङ सम्वन्धी अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ । चट्याङ र यसको रोकथामका विषयमा नेपालमा आजदेखि तीनदिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । ललितपुरमा हुने यस सम्मेलनमा विश्वमा चट्याङको अवस्था, रोकथामका लागि गरिएका प्रयास र नीति निर्माताले सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल हुने बताइएको छ ।

सम्मेलनमा नेपाललगायत भारत, अमेरिका, ब्राजिल, फ्रान्स, स्वीडेन, इजरायल, अष्ट्रेलिया, बङ्गलादेश, पाकिस्तानलगायत विभिन्न देशबाट चट्याङका सम्वन्धी विज्ञको सहभागिता रहने बताईएको छ । नेपालका चट्याङविद् प्रा डा श्रीराम शर्माका अनुसार यस सम्मेलनमा ४४ जना विज्ञहरुले शोधपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

नेपाल पनि चट्याङको उच्च जोखिम मुलकुमा पर्दछ । नेपालमा औषतमा वार्षिक झण्डै एक सय जनाले चट्याङबाट ज्यान गुमाउने र तीन सयभन्दा बढी घाइते हुने गरेको बताईन्छ ।

विश्व