मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

शेयर घट्दा बैक तथा वित्तिय संस्थाहरुले समेत टर्चर गरेपछि मर्न वा भाग्न बाहेक बिकल्प नभएको लगानीकर्ताको गुनासो

शेयर घट्दा बैक तथा वित्तिय संस्थाहरुले समेत टर्चर गरेपछि मर्न वा भाग्न बाहेक बिकल्प नभएको लगानीकर्ताको गुनासो

काठमाडौं । बैक तथा वित्तिय संस्थाहरुले शेयर धितो राखेर रिण लिएका रिणिहरुलाई आसोज मसान्त नलाग्दैदेखिनै ब्याज बुझाउनका लागि ताकेता बढाएका छन् । आर्थिक बर्ष २०८० ८१ को पहिलो त्रैमासिक किस्ता अन्तर्गतको ब्याज आसोज मसान्त सम्म नियमित प्रक्रिया अन्तर्गत बुझाउन सकिने भएपनि असोज १५ गते देखिनै ब्याज बुझाउन ताकेता बढाएर मानसिक यातना दिएको रिणि लगानीकर्ताहरुले गुनासो गरेका छन् ।

“म बिगत चार बर्षदेखि नियमित रुपमा दुई वटा बैकबाट लिएको रिणको ब्याज बुझाई रहेको छु । तर अहिले मरो र मेरो परिवारका सदस्यका नाममा रहेका सबै शेयर प्लेजमा रहेको छन् । अन्य श्रोतबाट समेत ब्याज तिर्न नसक्ने अवस्था छैन । मरो यो अवस्थालाई पत्तो पाएर होला ति बैकका कर्मचारीहरुले दैनिक जसो फोन गरेर ताकेता गरिरहेका छन् ।” काठमाडौको पुतली सडक स्थित शेयर दलाल अफिसमा नियमित रुपमा आईरहने एक लगानीकर्ताले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने “अर्थिक संकटका समयमा बैक तथा वित्तिय संस्थाहरुले मानसिक यातना दिएपछि आफूसंग अब मर्न वा फोन स्विचअफ गरेर भाग्न बाहेक अन्य विकल्प छैन ।”

सवै सम्पत्ति शेयरमा लगाएको बताउने ति लगानीकर्ताले थप गुनासो गर्दै भने “असोज मसान्तमा ब्याज बुझाउन र नजिकै आएको दशैं मान्नका लागि एक रुपैयाँ निकाल्न सक्ने अवस्था नहुँदा मेरो मनमा अहिले राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीको नाममा आत्महत्या दुरुत्सानको फेरिस्थि सहितको सुसाईड नोट लेखेर आत्महत्या गर्ने सोँच पलाउन थालेको छ ।” साथै उनले गभर्नर अधिकारीलाई तह लयाउन नसक्ने भन्दै अर्थमन्त्री, प्रधानमन्त्रीको आलोचना गर्दै अधिकारीलाई गभर्नरमा नियुक्त गर्ने नेकपा एमालेलाई सरापेका थिए ।

नेपाल राष्ट्र बैंकको कँसिलो मौद्रिक नीतिका कारण शेयर बजार अघिल्लो बुलिस मार्केटकोे समयमा भन्दा झण्डै ५० प्रतिशत घटिसकेको छ । यस्तो अवस्थामा बैक तथा वित्तिय संस्थाहरुले मार्जिन कल गर्दै सबै शेयरलाई प्लेजमा राखिदिएका छन् । शेयर बजार सुधारका लागि कतैबाट पनि पहल नहुँदा घट्ने क्रम अझै नरोकिएपछि बैकहरुले मार्जिन कल समेत गरेर रिणिहरुलाई हैरान पारेको बताईएको छ ।

शेयर बजारका लगानीकर्ताहरुले गत हप्ता एक भेलाको आयोजना गर्दै आसोजमा बुझाउन पर्ने ब्याज बुझाउन सक्ने अवस्था नभएकाले केही महिना पर सार्नका लागि सम्वद्ध निकायलाई आग्रह गर्ने भनी गरेको निर्णयका कारणपनि बैक तथा वित्तिय संस्थाहरु सरकारको निर्णय आउन सक्ने आशंकाले त्रसित भई असोज मसान्त नलाग्दै ताकेता बढाएको बताईएको छ ।

लगानीकर्ताहरुको उक्त भेलामा आफूपनि गएको बताउने अर्का एक लगानीकर्ताले भेलाको निर्णय बमोजिम सरकारसंग ब्याज तिर्ने समय पर सार्नका लागि अहिले सम्म माग समेत पेश नगरेर लगानीकर्ताका कथित नेताले बैक तथा वित्तिय संस्थाहरुलाई उल्टै ताकेता बढाउनका लागि सघाएको भन्दै आक्रोश ब्यक्त गरे ।

विश्व