मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

वडादशैका लागि आजदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री तथा नयाँ नोट सटही सुरु

वडादशैका लागि आजदेखि खसी, बोका र च्याङ्ग्राको बिक्री तथा नयाँ नोट सटही सुरु

काठमाडौँ । सरकारले दसैँका लागि आजबाट काठमाडौँ उपत्यकामा खसीबोका र च्याङ्ग्राको बिक्री वितरण सुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथलीस्थित बागमती प्रादेशिक कार्यालयबाट बडादसैँ लक्षित खसीबोका र च्याङ्ग्रा बिक्री गर्न थालेको छ ।

सरकारले यस बर्ष खसी, बोका र च्याङ्ग्रा खरिदका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ८ करोड ३३ लाख रुपैयाँ बजेट छुट्याएको थियो ।

सो बजेटबाट कम्पनीले अहिले सम्म दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा बिक्री गर्ने गरी थापाथलीमा ल्याएको जनाएको छ ।
यसैगरी नेपाल राष्ट्र बैङ्कले दसैँ लगायत विभिन्न चाडपर्वलाई लक्षितगरि आजैबाट नयाँ नोट सटहीको सुविधा पनि दिएको छ ।

काठमाडौँ उपत्यकामा राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत् नयाँ नोट सटही गर्ने सुविधा दिइएको छ भने काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशस्थित कार्यालय वा बिभिन्न वाणिज्य बैङ्कका शाखा कार्यालयबाट नयाँ नोट साट्ने सुविधा दिईएको छ ।

यस वर्ष पनि अघिल्ला वर्षहरूमा जस्तै ५, १०, २०, ५० र १०० रुपैयाँका नोट साट्ने व्यवस्था मिलाएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार एक व्यक्तिले सवै नोटको सउ प्रतिको एक एक बण्डलका दरले १८ हजार ५ सय रुपैयाँको नयाँ नोट सटही गर्न सक्ने छन् ।

 

विश्व