काठमाडौं । नेपालले हङकङलाई ७९ रनले हराएर त्रिकोणात्मक श्रृंखलाको फाइनलमा प्रवेश गरेको छ । आज संगै लगातार तेस्रो पटक जितेर नेपाल फाईनलमा प्रवेश गर्न सफल भएको हो ।
राजधानीको मुलपानी क्रिकेट मैदानमा शनिबार भएको खेलमा करण केसी, सोमपाल कामी र ललित राजवंशीले समान २÷२ विजकेट लिएका थिए भने दीपेद्र सिंह ऐरी र डेब्युटेन्ट प्रतिश जिसीले एकएक विकेट लिए ।
यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनाएको थियो ।
नेपालले दिएको २१४ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र बनाउन सफल भएको थियो ।