काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ मा आज अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दिउँसो सवा २ बजेबाट भारतको दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा हुन लागेको यस प्रतिस्पर्धालाई दुवै राष्ट्रिय टिमले अर्थपूर्ण रुपमा हेरिरहेका छन् ।
विश्वकपमा अस्ट्रेलिया र नेदरल्यान्ड्सबीच हुन लागेको यस पाँचौं खेल हो ।
यस प्रतिस्पर्धा अष्ट्रेलिया तेस्रो जित र नेदरल्यान्ड्स दोस्रो जितका लागि प्रतिस्पर्धा गर्ने भएकाले यस खेललाई दुवै राष्ट्रिय टिमले अत्यन्तै महत्वका साथ हेरिरहेका हुन् ।