सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

प्रिन्सिपल हत्याको विरोधमा आज मधेस प्रदेशका निजी विद्यालयहरू बन्द, सोही विद्यालयकी पूर्व शिक्षिका सहित ६ जनालाई पक्राउ

प्रिन्सिपल हत्याको विरोधमा आज मधेस प्रदेशका निजी विद्यालयहरू बन्द, सोही विद्यालयकी पूर्व शिक्षिका सहित ६ जनालाई पक्राउ

 

बारा । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हिजो सोमबार गोलीहानी गरिएको हत्याको बिरोधमा आज मंगलबार मधेस प्रदेशका सबै निजी विद्यालयहरू आज बन्द गरिएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) को आह्वानमा मधेश प्रदेशका विद्यालयहरूमा आज एक दिनका लागि शोक बिदा दिइएको हो ।

सोमवार दिउँसो गोली प्रहारबाट घाईते भएका स्वर्णकारको उपचारको क्रममा वीरगञ्ज अस्पतालमा मृत्यु भएको थियो । मोटरसाईकलमा आएका ब्यक्तिहरुले गोली प्रहार गरेको बताईएको छ ।

यसैबीच प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सोही विद्यालयकी पूर्व शिक्षिका सहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेको बिषयमा विश्त्रित नखुलाईएको भएपनि सोही विद्यालयकी पूर्व शिक्षिका सहित तीन जना नेपाली र तीन जना भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा आपसी सम्बन्धका कारण बढेको रिसिबीले गर्दा स्वर्णकारको हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

 

विश्व