मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

आज एकै दिन कुकुरतिहार र लक्ष्मी पूजा गरि मनाईँदै

आज एकै दिन कुकुरतिहार र लक्ष्मी पूजा गरि मनाईँदै

काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज एकै दिन कुकुरतिहार र लक्ष्मी पूजा अर्थात दीपवलि परेको छ ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार तिथिको घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो ।

आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्ने भएको कारण बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा गरिने समितिले जनाएको छ ।

मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगी जनावरको रुपमा रहेको कुकुरलाई यमराजको द्वारपालको रुपमा पूजा गर्ने गरिन्छ ।

यसैगरि औँसीको साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरि मनाईन्छ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन भन्ने मान्यता अनुसार आज बिहानै देखि घर आगन सफासुग्घर र लिपपोत गरीएका छन् भने साँझ दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिदैछ ।

 

विश्व