काठमाडौँ । बंगालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहीली’को आंशिक प्रभाव नेपालमा समेत देखिएको छ ।
मिडहीलीका कारण पश्चिमी वायुको प्रभावले शनिबार नेपालको पश्चिमी क्षेत्रको मौसममा आंशिक वदली आएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार देशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
भोलि आइतबार पनि देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।