सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

शेयर लगानी र रियलस्टेटलाई सहज पार्नेगरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउने

शेयर लगानी र रियलस्टेटलाई सहज पार्नेगरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउने

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत शेयर लगानी र रियलस्टेटमा सहजता अपनाउने भएको छ ।

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई यहि शुक्रबार भित्रमै सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको नेपाल राष्ट्रबैंकको उच्च ब्यवस्थापन सेयर बजार र घरजग्गा चलायमान नभए सम्म सुस्ताएको अर्थतन्त्रमा सुधार नआउने निष्कर्षमा पुगेको छ ।

“बिगतमा ल्याईएका कसिला नीतिलाई सहज नपारे सम्म शेयर बजार मात्र नभएर अर्थतन्त्रनै चलायमान हुन नसक्ने निस्कर्ष सहित नेपाल राष्ट्रबैंकको उच्च ब्यावस्थापनले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा तयार पारेको छ,” राष्ट्रबैंक श्रोतले भन्यो “सेयर बजार र रियलस्टेटमा देखिएको सुस्ततालाई अन्त्य गर्ने गरी समीक्षा आउनेमा अब कुनै संका गर्न आवश्यक छैन ।”

श्रोतका अनुसार सेयर धितो कर्जामा लगाईएको १५ र २० करोडको क्यापलाई हटाउने, बैंक तथा वित्तिय संस्थाहरुलाई शेयर खरिद विक्रिमा लगाईएको रोकलाई खुलाउने र रिक्स वेटेज १५० बाट घटाएर १०० मा कायम गर्नेगरि तयारी गरिरहेको बताईएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी क्षेत्रलाई सहज पागर्नेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्रबैंक नेतृत्वलाई आग्रह गरेको र सरकारले समेत त्यसैका लागि बिशेष राहात प्याकेज घोषणा गर्ने तयारी गरेको कारण नेपाल राष्ट्रबैंक नेतृत्व लचक बन्न लागेको बताईएको छ ।

बैंकको ब्याजदर घटाउने गरी कतिपय नीतिगत दरहरुलाई पनि फेर्ने र अप्ठ्यारोमा परेका ऋणिहरुलाई पनि ऋणको पुनरसंरचनामा थप लचक व्यवस्था गर्ने बिषयमा प्रधानमन्त्री दाहाल र गभर्नर अधिकारीकाबीचमा सहमति भएको र त्यसैका लागि राहात प्याकेज ल्याउन लागिएको बताईएको छ ।

विश्व