मनिला । फिलिपिन्सको पूर्वी क्षेत्र मिन्डानाओ टापुमा गय राति शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयअनुसार आइतबार बिहान २ बजेर ३७ मिनेटमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको हो ।
अमेरिकी भौगर्भिक सर्वे (यूएसजीएस) ले हिनातुआनबाट २१ किलोमिटर उत्तरपूर्वमा पर्ने सो टापुको ३२ दशमलब ८ किलोमिटर गहिराइमा भुकम्प गएको हो ।
भूकम्पको धक्का फिलिपिन्समा मात्र नभएर इन्डोनेसिया समेत महसुस गरिएको बताईएको छ । सो भुकम्पका कारण टापु आसपास र दक्षिणपश्चिमी जापानी तटहरूमा सुनामी आउन सक्ने भन्दै सचेत गराईएको छ ।