मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

चीनमा गय राती गयो शक्तिशाली भूकम्प, १०० जनाभन्दा बढीको मृत्यु

चीनमा गय राती गयो शक्तिशाली भूकम्प, १०० जनाभन्दा बढीको मृत्यु

 

काठमाडौं । चीनको उत्तरी भागमा गय राती शक्तिसाली भूकम्प जाँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको छ ।

नेपाली समयअनुसार आज बिहान २ बजेको समयमा कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६।२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

अहिले सम्मको बिवरणलाई अध्यावधिक गराईरहेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पमा परी दुई सय भन्दा बढी घाइते भएकाछन् ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा मात्र १०० जनाको मृत्यु भएको छ भने ९६ जना घाइते भएका छन् ।

यसैगरी उक्त भूकम्पबाट बढी प्रभावित छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

भूकम्पपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।

गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा पनि ६।६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा परी ६० जना भन्दा बढीको मृत्यु भएको थियो ।

विश्व