सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

शेयर लोनमा लगाईएको क्याप पूर्ण रुपमा हटाउने तयारी, घर जग्गामा जाने लोनलाई पनि सहज पारिने

शेयर लोनमा लगाईएको क्याप पूर्ण रुपमा हटाउने तयारी, घर जग्गामा जाने लोनलाई पनि सहज पारिने

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुमा तरलता (लगानीयोग्य रकम) अधिक भएपछि रिण लिने बाटोलाई थप खुकुलो र सहज पारिने भएको छ ।

बैंक तथा वित्तिय संस्थाहरुले रिण प्रभावलाई सहज बनाउन भनेर ब्याज सस्तो बनाउँदै लैजादा पनि रिण प्रभाव अपेक्षकृत रुपमा बढ्न नसकेको र तरलतानै थपिदै गएको अवस्थालाई ध्यानमा राखेर रिण प्रभावलाई सहज बनाउन लागिएको हो ।

रिण प्रभावलाई सहज बनाउनकै लागि शेयर लोनमा लगाईएको १५ र २० करोडको क्यापलाई पूर्ण रुपमा हटाईने भएको छ भने घर जग्गामा जाने रिणमा पनि थप सहज पारिने भएको छ ।

शेयर लोनमा लगाईएको १५ र २० करोडको क्यापलाई पूर्ण रुपमा हटाउने बिषयमा नेपाल राष्ट्रबैंक र अर्थ मन्त्रालय प्राय सहमत भएका भएपनि घर जग्गामा जाने रिणलाई सहज बनाउन के गर्ने भन्ने बिषयमा भने अझै सहमति जुटीनसकेको बताईन्छ ।

नेपाल राष्ट्रबैंकले अब आउने त्रैमासिक समिक्षा अघिनै शेयर लोनमा लगाईएको १५ र २० करोडको क्यापलाई हटाउनका लागि आन्तरिक छलफल अघि बढाएको छ । श्रोतका अनुसार यही पुसको दोस्रो हप्ता सम्मपनि रिण प्रभावभई अधिक तरलता रहने अवस्था कायम भएमा नेपाल राष्ट्रबैंकले निर्देशन मार्फत शेयर लोनमा लगाईएको १५ र २० करोडको क्यापलाई पूर्ण रुपमा हटाउने छ ।

शेयर लोनमा लगाईएको १५ र २० करोडको क्यापलाई पूर्ण रुपमा हटाउन अर्थमन्त्रालयले यस अघिनै निर्देशन दिईसकेको छ । शेयर लोनमा लगाईएको क्यापलाई अर्को त्रैमासिक समिक्षाबाट क्रमस खोल्दै जाने सोचमा रहेका नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी अधिक तरलता बढेपछि क्याप खोल्ने पक्षमा सकारात्मक देखिएका छन् ।

राष्ट्रबैक श्रोतका अनुसार पुसको दोस्रो हप्ता सम्मपनि रिण प्रभाव नभई अधिक तरलताको अवस्था कायम भएमा पुस महिना भित्रमै निर्देशन मार्फत हटाउन सकारात्मक देखिएका गभर्नर अधिकारीले अर्को त्रैमासिक समिक्षा मार्फत शेयर लोनमा लगाईएको १५ र २० करोडको क्यापलाई खुकुलो पार्दै लैजानका लागि यस अघिनै सहमति जनाईसकेका छन् ।

शेयर बजारमा आएको मन्दीलाई हल गर्नका लागि अर्थमन्त्री प्रकाशसरण महत र गभर्नर अधिकारी एकमत रहेको बताईन्छ । गभर्नर अधिकारीसंग दुई दिन अघि भेट गरेका अर्थमन्त्री महतले शेयर लोनमा लगाईएको १५ र २० करोडको क्यापलाई पूर्ण रुपमा खोलौं भनी आग्रह गरेको र गभर्नर अधिकारीले त्यसै आधारमा आन्तरिक छलफल चलाई क्याप खोल्ने तयारी अघि बढाएको राष्ट्रबैंक उच्च श्रोतको दावी छ ।

 

विश्व