मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

भारतमा प्रतिपक्षी दलका १४१ सांसदहरु निलम्वित, राजनीतिक बिवाद उत्कर्षमा

भारतमा प्रतिपक्षी दलका १४१ सांसदहरु निलम्वित, राजनीतिक बिवाद उत्कर्षमा

काठमाडौं । भारतमा प्रमुख प्रतिपक्षी कांग्रेस सहित प्रतिपक्षी दलका १४१ जना सांसदलाई निलम्बिन गरिएपछि राजनीतिक विवाद चर्किएको   छ ।

जारी शीतकालीन अधिवेशनमा लोक सभाका ९५ र राज्यसभाका ४६ गरी १४१ सांसदहरु निलम्बनमा परेका हुन् । भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वनमा परेको घटना पहिलो हो ।

लोक सभाको सुरक्षामा लापरवाही भएको भन्दै गृहमन्त्री अमित शाहको जवाफ माग्ने क्रममा संसदीय मर्यादा उलंघन गरेको आरोपमा सांसदहरु निलम्बनमा परेका हुन् ।

भारतमा यति धेरै संख्यामा सांसदहरु निलम्वन भएको पहिलोपटक हो । १४१ सांसदहरुको निलम्वनपछि कांग्रेसका नौं जना सहित विपक्षी दलका जम्मा ४३ सांसदहरु मात्र बाँकी छन् ।

विश्व