मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

शेयर र घरजग्गाको लोनलाई सहज गर्नेगरी मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी

शेयर र घरजग्गाको लोनलाई सहज गर्नेगरी मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याउने तयारी

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले शेयर लोन र घर जग्गामा जाने रिणमा पूर्णरुपमा सहजता अपनाउने गरि चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा ल्याउने भएको छ ।

गत कात्तिकमा सार्वजनिक गरिएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले शेयर लोन र घर जग्गामा जाने रिणमा सहजता अपनाए पनि लोन प्रवाह उल्लेख्य रुपमा हुन नसकेर बैंक तथा वित्तिय संस्थामा तरलता थपिदै गएको अवस्थालाई ध्यानमा राखेर नेपाल राष्ट्रबैंकले दोस्रो त्रैमासिक समीक्षा शेयर लोन र घर जग्गामा जाने रिणमा पूर्णरुपमा सहजता अपनाउनेगरि ल्याउन लागेको हो ।

नेपाल राष्ट्रबैंकका अन्तरिक बिभागहरुले रिण प्रवाहको वर्तमान अवस्थालाई अध्ययनगरि तयार बनाएको प्रतिवेदनमा शेयर लोन र घर जग्गामा जाने रिणमा सहजता अपनाउन भनी बोर्ड समक्ष सिफारिस गरेका छन् । नेपाल राष्ट्रबैंक श्रोतका अनुसार अब लगत्तै बस्ने बोर्ड बैठकले त्यस बिषयमा आधिकारिक निर्णय लिने छ ।

बिगतमा तरलता अभाव हुँदा ल्याईएका कसिला नीतिका कतिपय प्रावधानहरुलाई अहिले तरलता थुप्रिदाको अवस्थामा समेत निरन्तरता दिईदा रिण प्रवाह हुन नसकेको भन्दै बैक तथा वित्तिय संस्थाहरुले नेपाल राष्ट्रबैंकलाई रिण प्रभावहमा कुनै बन्देज नलगाउन माग गरेका छन् । त्यसोत प्रधानमन्त्री पुस्पकमल दाहाल र अर्थमन्त्री प्रकाशसरण महतले पनि मौद्रिक नीतिलाई खुकुलो पर्नभनी पटक पटक आग्रह गर्दै आईरहेका    छन् ।

सेयर धितो कर्जामा लगाईएको क्यापलाई पूर्णरुपमा हटाउन, बैंक तथा वित्तिय संस्थाहरुलाई शेयर खरिद विक्रिमा रोक नलगाउन र रिक्स वेटेजलाई १०० मा कायम गर्न नेपाल राष्ट्रबैंकको बोर्ड समक्ष सिफारिस गरिने भएको छ । रिण प्रवाहमा सहज पार्नेगरी बोर्ड समक्ष सिफारिस गर्न भनी गभर्नर महाप्रसाद अधिकारीले दिएको राय अनुसारनै आन्तरिक बिभागहरुले त्यस्तो सिफारिस गरेको बताईएको छ ।

विश्व