सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा कटौती गर्ने

क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा कटौती गर्ने

काठमाडौं । पछिल्लो समय नेपाली विद्यार्थीको समेत आकर्षणको केन्द्रविन्दु बन्दै गएको क्यानडाले अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भर्नामा कटौती गर्ने घोषणा गरेको छ ।

आगामी दुई बर्षका लागि गरिएको नयाँ घोषणामा सन् २०२३ को तुलनामा सन् २०२४ मा करिव ३५ प्रतिशतले कटौति गरिने छ । यसैगरि सन् २०२५ मा सन् २०२४ को स्थितिको मूल्याङ्कन पछि तय गरिने घोषणा गरिएको छ ।

क्यानडामा सन् २०२३ मा करिव ९ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरू प्रवेश गरेका थिए । जस अनुसार सन् २०२४ मा करिव पौने चार लाख विद्यार्थीको संख्या कटौति हुनेछ । यद्यपी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई कति प्रतिशत कटौति गर्ने अधिकार प्रान्तहरूलाई रहने छ ।

नयाँ घोषणा अनुसार २२ जनवरी २०२४ देखि विद्यार्थी भिसाको लागि आईआरसीसीमा आवेदन दिने विद्यार्थीहरूले उनीहरूको योग्यता पुष्टि गर्ने प्रान्त वा क्षेत्रबाट आएको पत्र पनि समावेश गर्नु पर्दछ ।

यस घोषणाबाट स्नातक तहमा अध्ययन गर्न क्यानडा जाने विद्यार्र्थीहरु बढी प्रभावित हुनेछन् । यद्यपी अहिले प्रक्रियामा गईसकेका विद्यार्र्थीहरुलाई भने असर नपर्ने बताईएको छ । नयाँ घोषणाले डिपेन्डेन्टमा जानेहरुलाई पनि प्रभावित बनाउने छ ।

विश्व