सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

रङ्गहरुको पर्व होली सुरु

रङ्गहरुको पर्व होली सुरु

काठमाडौं । रङ्गहरुको पर्व होली आजदेखि सुरु भएको छ । काठमाडौंको बसन्तपुरमा चीर ठड्याइएपछि औपचारिक रुपमा होली पर्व सुरु हुने मान्यता रहेको छ । यसै मान्यता अनुसार आजै बिहानै ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीरलाई ठड्याइएको छ ।

धार्मिक परम्परा अनुसार हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएको तर आगोले प्रह्लादलाई केही असर नगरी मार्ने प्रयास गर्ने होलिकालाई नै भष्म भनाएकाले उनको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

यसै परम्परा अनुसार प्रत्येक बर्ष मनाईने होली पर्व यही चैत ११ र १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी भेगमा र १२ गते तराई क्षेत्रमा सार्वजनिक बिदा दिएर मनाईने गरिन्छ ।

 

विश्व