मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

रुस र युक्रेनबीचको जारी युद्ध अन्त्य हुने संकेत

रुस र युक्रेनबीचको जारी युद्ध अन्त्य हुने संकेत

काठमाडौं । रुस र युक्रेनबीचको जारी युद्ध अन्त्य हुने संकेत देखिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यको लागि कुटनीतिक पहल जारी रहेको भन्दै लचकताको संकेत देखाएपछि रुस र युक्रेनबीचको जारी युद्ध अन्त्य हुने संकेत देखिएको हो ।

स्लोभेनियाका राष्ट्रपति नतासा पिरक मुसारसँग शुक्रबार कियभमा आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले भनेका थिए ‘विश्वको बहुमतले समर्थन गर्ने युद्ध अन्त्य गर्ने योजना ल्याउनु हाम्रो लागि धेरै महत्वपूर्ण छ’, ‘यो कूटनीतिक मार्गका लागि हामीले काम गरिरहेका छौं ।’

युक्रेनले शान्ति वार्ताका लागि रुसले क्रिमियाको प्रायद्वीपसहित अन्य क्षेत्रबाट आफ्ना सेना फिर्ता लानुपर्ने सर्त अघि सारेको छ भने रुसले आफ्नो कब्जामा रहेका युक्रेनी क्षेत्र खाली गर्न भनेको छ । यसै बिषयमा रहेर अहिले युद्ध अन्त्यका लागि कुटनीतिक पहल भईरहेको संचारमाध्यमहरुले जनाएका छन् ।

 

विश्व