काठमाडौं । आज गुरुपूर्णिमा विविध कार्यक्रमकासाथ मनाईँदै छ ।
वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा असार शुक्ल पूर्णिमाको दिन वैदिककालदेखि गुरु पूर्णिमाको रुपमा मनाइने गरिन्छ ।
यस पर्वमा गायत्री, दीक्षा वा वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै विविध कार्यक्रमको आयोजनागरी मनाइृने गरिन्छ ।
गुरुहरुको सम्मानमा शिष्यहरूले आज विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने भएका कारण विभिन्न विद्यालय एवं शैक्षिक संघसंस्थामा विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।