मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

लुम्बिनीका मुख्यमन्त्री आचार्यको सफतसंगै गिरीको राजिनामा, पौडेल र पोखरेलको बिवाद फेरी आयो सतहमा

लुम्बिनीका मुख्यमन्त्री आचार्यको सफतसंगै गिरीको राजिनामा, पौडेल र पोखरेलको बिवाद फेरी आयो सतहमा

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार पद तथा गोपनियताको सपथ लिदै गर्दा एमाले लुम्बिनी मात्र नभएर भित्रको विवाद फेरी एकपटक छताछुल्ल भएको छ ।

संसदीय दलको नेता लिला गिरीलाई रोकेर उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाईएपछि यस विवादलाई उपप्रधान तथा अर्थमन्त्री रहेका एमालेका उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेलसंग जोडेर सतहमा ल्याईएको छ ।

सोमबार मुख्यमन्त्रीमा नियुक्त एमाले लुम्बिनी संसदीय दलका उपनेता आचार्यले प्रदेश प्रमुखको कार्यालय बुटवलमा बुधबार बिहान सपथ लिएईरहदा उपस्थित नभएका एमाले लुम्बिनी संसदीय दलका नेता लिला गिरीले आफ्नो गम्भिर असन्तुस्टी जनाउँदै पदबाटै राजिनामा दिएका छन् । गिरी पौडेल निकट भएका कारण महासचिव पोखरेलले आफू निकट आचार्यलाई मुख्यमन्त्री बनाएको आरोप छ।

एमालेमा भावी अध्यक्षको रुपमा हेरिएका पौडेलको पार्टीभित्रको लोकप्रियतालाई रोक्न उनका प्रतिसप्रधि पोखरेलले उनी निकट आचार्यलाई पार्टी विधान र पद्धतिलाई समेत उलंघन गर्दै मुख्यमन्त्री बनाएर प्रदेश सरकारभित्र हालीमुहाली गर्न खोजेको आरोप पार्टी भित्रबाटै लगाईएको छ । दुवै जना प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीको अत्यन्तै निकट रहेतापनि पौडेललाई रोक्न पोखरेलले महासचिव पदको दुरुपयोग गरेको समेत आरोप छ ।

त्यसोत उपाध्यक्ष पौडेललाई महासचिव पोखरेलले अहिले उपप्रधान तथा अर्थमन्त्री बन्नबाट समेत रोक्नका लागि अनेकन तिकडम खेलेको आरोप लगाईएको थियो ।

बजारले अत्यन्तै रुचाएका अनुभवी पौडेल अर्थमन्त्री बन्ने चर्चासंगै शेयर बजार उकालो लागेकोकारण अर्थतन्त्र सुधारको जस पौडेललाई मात्र जाने देखिएपछि भयभित पोखरेलले जोडबल लगाएर युवराज खतिवडालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त गराएको र उनलाई प्रयोग गरेर गत आईतबारलै ल्याउन लागिएको मौद्रिक नीति रोक्न लगाई “पावर सो” गरेको आरोप समेत पोखरेलप्रति लगाउने गरिएको छ ।

“सामान्य मान्यता र प्रक्रिया बिपरित उपनेता आचार्यलाई लुम्विनिको मुख्यमन्त्री बनाईपछि पार्टी विधि र पद्धतिप्रतिनै गम्भिर प्रश्न उब्जिएपछि महासचिव पोखरेलसंग धेरैजना रुष्ठ बनेका छन्” एमालेका एक नेताले नाम नबताउने सर्तमा टिप्पणी गर्दै भने “कस्ले कस्लाई नियुक्त गर्न लगायो र को मुख्यमन्त्री भयो भन्ने बिषय भन्दापनि महासचिवलेनै पार्टीको पद्धति मिच्न थाल्नुभयो भने बुढी मर्यो भन्दापनि काल पल्कियो भन्ने चिन्ता हो भने जस्तै हो, यस बिषयमा समयमै गम्भिर बन्न जरुरी छ ।”

मुख्यमन्त्री आचार्यले पद तथा गोपनियताको सपथ लिए लगत्तै ९ जना मन्त्रीहरुलाई पनि सफत खुवाईएको छ । नवनियुक्त मन्त्रीहरु नेपाली कांग्रेसका प्रचण्डविक्रम न्यौपाने, धनेन्द्र कार्की, बादशाह कुर्मी, जन्मजय तिमिल्सिना र सरोज थापा तथा एमालेबाट दिनेश पन्थी, भूमिश्वर ढकाल, सीता शर्मा र खेम सारूले शपथ लिएका छन्। एमालेबाट मन्त्री बनेका अधिकांस पहिले देखिनै पोखरेल निकट रहेको र कोहीलाई आफू निकट कन्ने सर्तमा पोखरेलले मन्त्रीमा सिफारिस गरेको आरोप लगाईएको छ ।

विश्व