काठमाण्डौ । बिमा कम्पनीहरुलाई चुक्ता पुँजी उुराउन दिएको निर्देशन बिमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कारण कार्यान्वयन हुन नसकेको गुनासो गरिएको छ । तोकिए बमोजिमको पुँजी पुराउन अघि सारिएका योजना तथा कार्यक्रमहरुलाई प्राधिकरण भित्रबाटै असहयोग गरिएको सम्वद्ध कम्पनीका उच्चपदस्थ अधिकारीहरुले आरोप लगाएका छन् ।
प्राधिकरणले लाईफ कम्पनीहरुलाई ५ अर्ब र नन लाईफ कम्पनीहरुलाई साढे २ अर्ब चुत्ता पुँजी पुराउन दुई बर्ष अघिनै निर्देशन दिएको थियो । तर अहिले सम्म ७ वटा लाइफ इन्स्योरेन्स र ६ वटा नन लाइप इन्स्योरेन्सले पुँजी पुराउन सकेका छैनन् । तोकेको पुँजी पुराउन प्रधिकरणले पछिल्लो पटक बिमा कम्पनीहरुलाई गत असार सम्मको समय सिमा तोकेर “अन्तिम” निर्देशन दिएको थियो । ७ वटा लाइफ इन्स्योरेन्स र ६ वटा नन लाइप इन्स्योरेन्स गरी १३ वटा कम्पनीले अहिले सम्म पुँजी पुराउन नसकेका भएपनि आफ्नो निर्देशन कार्यान्वयनका लागि समेत प्राधिकरण कुनै चाँसो देखाईएको छैन ।
पुँजी पुराउन प्राधिकरण समक्ष कार्ययोजना र किवरण पेश गरेका भएका कम्पनीहरुले प्राधिकरण भित्रको ढिला सुस्ती, बेवास्था र कामचोर मनोवृत्तिका कारण कार्यान्वयन गर्न नसकिएको बताएका छन् । पेश गरिएका कार्ययोजना र अडिट रिपोर्टमा अनावस्यक लुप होल खोजेर दुख दिने तर काम अघि नबढाउने गरिएका कारण आफूहरुले पुँजी पुराउने कार्ययोजना कार्यान्वयन गर्न नसकिएको उनिहरुको गुनासो रहेको छ । पुँजी पुराउने कार्य योजना सहितको बिवरण पेश गरिएको महिनौ भईसक्दा समेत प्राधिकरणका कर्मचारीबाट काम अघि नबढाईएको र अनियमितताको आशय राखेर अनावस्यक दुख दिईएको बिषयमा उच्च पदस्थ अधिकारीहरुलाई जानाकारी गराईदा समेत सुनुवाई नभएको उनिहरुको गुनासो रहेको छ ।