मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

बर्षाले पुरायो धेरै ठाउँमा क्षती, पृथ्वी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध, बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

बर्षाले पुरायो धेरै ठाउँमा क्षती, पृथ्वी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध, बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु, एक जना बेपत्ता

पोखरा । हिजो बिहिबारदेखि परेको अविरल बर्षाले धेरै ठाउँमा क्षती पुराएको छ । बर्षका कारण आएको पहिरोका कारण पृथ्वी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला गाउँपालिकाको खाडुखोला, जिरीखोला, कालापैराखोला, बडिगाड गाउँपालिकाको ठूलाखेतलगायतका स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने पृथ्वी राजमार्गको धादिङ स्थित मलेखुमा पहिरो खस्दा बेनिघाट रोराङ गाउँपालिका–३ स्थित मलेखुमा दुईतर्फी सडक आवागमन अवरुद्ध भएको छ ।

यसैबीच बागलुङमा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बागलुङ नगरपालिका वाडा नं.४ स्थित बान्द्रे खोलामा गएराति गएको पहिरोले पुर्दा सोही ठाउँका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको छ भने २० वर्षीय कमल सापकोटा बेपत्ता भएकाछन् ।

विश्व