मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

उपसभामुख मगरविरूद्ध महाभियोग लगाउन सत्तारूढ दलहरू सहमत

उपसभामुख मगरविरूद्ध महाभियोग लगाउन सत्तारूढ दलहरू सहमत

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरविरूद्ध महाभियोग लगाउन सत्तारूढ दलहरू सहमत भएका छन्।

उपसभामुख मगरविरूद्ध महाभियोग लगाउन सहमत गरेका सत्ता गठबन्धनमा रहेका दलहरुले सम्भवत आजै महाअभियोग प्रस्ताव दर्ता गर्ने सम्भावना रहेको छ।

उपसभामुख मगरले पद अनुकूल आचरण नगरेको भन्ने आरोपमा महाभियोग लगाउन लागिएको बताईएको छ ।
उपसभामुख मगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिनभनी लेखेको पत्रलाई लिएर उनलाई विवादमा पारिएको थियो ।

उनले सन् २०२३ को फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन्।

विश्व