मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

चुक्ता पुँजी नपुगेका बिमा कम्पनीहरुलाई कडाई गर्दै बिमा प्राधिकरण, मर्जर भन्दा बोनस र राईट शेयरलाई प्राथमिकता

चुक्ता पुँजी नपुगेका बिमा कम्पनीहरुलाई कडाई गर्दै बिमा प्राधिकरण, मर्जर भन्दा बोनस र राईट शेयरलाई प्राथमिकता

काठमाण्डौ । बिमा कम्पनीहरुलाई चुक्ता पुँजी पुराउने निर्देशन कार्यान्वयनका लागि नेपाल बीमा प्राधिकरणले कडाई गर्ने भएको छ । पटक पटक दिएको निर्देशनलाई केही कम्पनीहरुले अझैसम्मपनि कार्यान्वयन नगरेपछि बिमा कम्पनीहरुको नियामक प्राधिकरणले अन्तिम समयसिमा तोकेर अर्को निर्देशन दिने र सो समयसिमा भित्रपनि कार्यान्वयन नगरे अधिकतम कारवाही गर्ने जनाएको छ ।

लाईफ ईन्सोरेन्स कम्पनीहरुलाई ५ अर्ब र नन् लाईफ ईन्सोरेन्स कम्पनीहरुलाई साढे २ अर्ब चुत्ता पुँजी पुराउन दुई बर्ष अघिदेखिनै बिभिन्न बिकल्प सहितको निर्देशन दिएपनि अहिले सम्म पनि ७ वटा लाइफ इन्स्योरेन्स र ६ वटा नन लाइप इन्स्योरेन्सगरी १३ वटा बिमा कम्पनीहरुले पुँजी पुराउन सकिरहेका छैनन् ।

प्राधिकरणबाट तोकिएको पुँजी पुराउन नसकेका कम्पनीहरुलाई केका कारण पुँजी पुराउन नसकिएको हो? भन्ने स्पष्टिकरण सहित अब कहिले सम्म कसरी पुँजी पुराउन सकिन्छ भन्दै लिखित प्रतिवद्धता माग गर्न लागेको छ । आफ्नो निर्देशन कार्यन्वयन गराउन नियामकनै चुकेको भन्दै अर्तमान् नेतृत्वको कार्यक्षमता, प्रतिवद्धता र ईमान्दारिताप्रति प्रश्न उठाईएको र पुँजी नपुराईएमा बिमा कम्पनीहरुको संस्थागत मजवुतिकरण नहुने भएका कारण बिमा प्राधिकरण यतिखेर कडाईका साथ उत्रिएको बताईएको छ ।

सुरुमा बिमा प्राधिकरणले मर्जरसंगै बोनस र राईट शेयर बितरण गरेर पुजी पुराउनका लागि सुझाएको भएपनि पुँजी पुराउन मर्जरमा जाने बिकल्प अब कमजोर भएको निष्कर्ष सहित बोनस र राईट शेयर बितरण गरेरै पुजी पुराउनका लागि सहजीकरण गर्ने योजनालाई प्राधिकरणले अघि सारेको छ । मर्जर जवरजस्त र तोकेको समयभित्र गर्न सक्ने सम्भावना नहुने भएका कारणपनि तत्काल पुँजी पुराउन बोनस र राईट शेयर बितरण गरेर पुजी पुराउनका लागि प्राथमिकता दिएको बताईएको छ ।

त्यसोत पुँजी पुराउन नसकेका कतिपय बिमा कम्पनीका अधिकारीहरुले नियामक बिमा प्राधिकरण भित्रैबाट हुने असहयोग, अकर्मन्यता र ढिलासुस्तीका कारण आफूहरुको पुँजी पुराउने योजना कार्यान्वयन गर्न नसकिएको आरोप लगाएका छन् । पुँजी पुराउन पेश गरिएका कार्ययोजना र अडिट रिपोर्टमा अनावस्यक लुप होल खोजेर दुख दिने, पटक पटक ताकेता गर्दापनि काम अघि नबढाई फाईल अड्काएर राख्ने गरिएका कारण आफूहरुले पुँजी पुराउने कार्ययोजना कार्यान्वयन गर्न नसकेको गुनासो उनिहरुको छ ।

विश्व