मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रने क्रममा निरन्तरता, आज पनि ५० अर्ब खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता थुप्रने क्रममा निरन्तरता, आज पनि ५० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा विस्तार गर्न नसक्दा तरलता थुप्रने क्रमले निरन्तरता पाएको छ । हिजो आइतबार मात्र ९० अर्ब रुपियाँ राष्ट्र बैंकमा अल्पकालीन उपकरण अन्तर्गत जम्मा पारेका बैक तथा वित्तिय संस्थाहरुले आज पनि थप ५० अर्ब जम्मा गर्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले कर्जा प्रवाहमा लगाएका अनावस्यक अंकुशका कारण आफूहरुले लगानीगर्न नसकेको बैंक तथा वित्तीय संस्थाहरुको आरोप छ । साथै उनिहरुले रिण प्रवाहमा लगाईएका अंकुस तत्काल हटाउन राष्ट्र बैंक समक्ष माग समेत गरेका छन् ।

अहिलेको अवस्थामा घर जग्गामा लगानीगर्दा असुलीमा समस्या रहेको र अपेक्षा अनुसार अन्य क्षेत्रमा रिणको माग पनि नआएको उनिहरुको भनाई रहेको छ । शेयर लोन लिनेहरुको माग आएपनि कुनै एक ब्यक्तिले १५ करोड भन्दा बढी लोन लिन नपाउने भन्ने राष्ट्र बैंकको नीतिका कारण रिण प्रवाह गर्न नसकिएको बैंक तथा वित्तीय संस्थाका अधिकारीहरुको भनाई रहेको छ ।

अहिलेको अवस्थामा रिण जाने र असुलीमा कुनै समस्या नहुने भनेकै शेयर लोन हो, तर राष्ट्र बैंकले तोकेको क्यापका कारण रिण प्रवाह गर्न नसकिएका छैनौं, एक बैकका सिईयोले भने ।

राष्ट्र बैंकमा अल्पकालीन उपकरण मार्फत तीन प्रतिशत ब्याजमा रकम जम्मा पार्दा बैंक तथा वित्तीय संस्थाहरुलाई मात्र नभएर राज्यलाई पनि नोक्सानी भएको छ भने अर्थतन्त्र चलयामान समेत बन्न सकिरहेको छैन । यद्यपी यस बिषयमा सरकारको ध्यान जान सकेको छैन । वित्तीय प्रणालीमा धेरै पैसा भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत तीन प्रतिशत सम्म ब्याज दिएर खिच्ने गरेको छ ।

विश्व