सोमवार, मंसिर १०, २०८१
Monday, November 25, 2024
add-top

रास्वपाको पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु, हामी सकिएका छैनौं बरु अरुलाई सक्काउछौं : सभापति लामिछाने

रास्वपाको पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु, हामी सकिएका छैनौं बरु अरुलाई सक्काउछौं : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु भएको छ । काठमाडौंको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा आयोजा गरिएको राष्ट्रिय भेलाको उद्घाटन सभापति रवि लामिछाने लगायतका पदाधिकारीहरुले घण्टी बजाएर गरेका थिए ।

बुधबारसम्म चल्ने यस ाष्ट्रिय भेलामामा आज कार्यबहाक महामन्त्री एवम् संगठन विभाग प्रमुख कबिन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गर्ने र सोही प्रतिवेदन उपर लफल चल्ने बताईएको छ ।

साथै सभापति लामिछानेलो भोली राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । भेलामा देशभरबाट १५०० बढी प्रतिनिधिहरुको सहभागी रहेको बताइर्एएको छ ।

पर्टीले लिने विचार, संगठन, विधान संशोधनलगायतका बिषयमा छलफल गर्न भन्दै आयोजा गरिएको यस भेलाबाट पार्टीको राष्ट्रिय अभियान घोषणा गरिने बताईएको छ ।

यसैबीच सभापति लामिछानेले भेलाको उद्घाटन गर्दै पार्टीमा जस्तासुकै समस्या आएपनि मुकाबिला गर्ने बताएका छन् । “कतिपयलाई लाग्न सक्छ रास्वपा सकियो भनेर तर रास्वपा सकिएको छैन बरु रास्वपाले अरूलाई सक्काउनेछ,” लामिछानेले भने “पार्टी स्थापनाको छोटो समयमा पार्टीमाथि हुनुपर्ने र नपर्ने घटनाका चाङमाथि उभिएका छौं, जुनसुकै समस्याको समाधान गरिने छ ।”

 

विश्व