मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

परराष्ट्रमन्त्री डा आरजु र क्यानडेली समकक्षी मिलेनी जोलीसंग आज दुईपक्षीय भेटवार्ता हुँदै

परराष्ट्रमन्त्री डा आरजु र क्यानडेली समकक्षी मिलेनी जोलीसंग आज दुईपक्षीय भेटवार्ता हुँदै

काठमाडौँ । महिला परराष्ट्रमन्त्रीहरूको बैठक भोलीदेखि क्यानडाको टोरोन्टोमा हुँदै छ । असोज ३ र ४ गते हुने बैठकमा सहभागिताका लागि त्यहाँ पुगीसक्नुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज क्यानडेली समकक्षी मिलेनी जोलीसंग दुईपक्षीय भेटवार्ता गर्दै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री डा देउवा क्यानडा–नेपाल संसदीय मैत्री समूहका पदाधिकारीहरूसँगको बैठकसंगै संविधान दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा पनि सहभागि हुने ओटावास्थित नेपाली राजदूतावासले जनाएको छ ।

क्यानडाका परराष्ट्रमन्त्री जोलीको मैत्रीपूर्ण निमन्त्रणामा उक्त बैठकमा भाग लिन त्यहाँ पुगेकी परराष्ट्रमन्त्री डा देउवाले आज दुईपक्षीय हितका बिभिन्न बिषयमा छलफल गर्ने कार्यक्रम रहेको बताईएको छ ।

विश्व