मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

संविधान दिवस आज, देशैभरी विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

संविधान दिवस आज, देशैभरी विविध कार्यक्रमको आयोजना गरी मनाइँदै

काठमाडौं । संविधान दिवस आज देशैभरी विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । संविधानसभाबाट बि. सं. २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा संविधान दिवस मनाउने गरिएको छ ।

संविधान दिवस मनाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा गठित मूल समारोह समितिको आयोजनामा आज बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्चपदस्थ अधिकारीहरुको सहभागी रहेको थियो ।

सो समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनका साथै नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि र शान्तिको प्रतीक सेतो परेवा उडाईएको थियो । साथै नेपाली सेना र नेपाल प्रहरीले सो समारोहमा विभिन्न कलाकौशल समेत प्रस्तुत गरेका थिए ।

संविधान दिवसलाई थप मर्यादित र ब्यवस्थित बनाउन आज काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्थलाई चुस्त पारिएको छ । सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।

विश्व