मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

आरबिसियल बाहेक पुँजी नपुगेका बिमा कम्पनीले पेश गरे कार्ययोजना, अपारदर्शी हिसाव कितावका कारण अडिट रिपोर्टमा समस्या

आरबिसियल बाहेक पुँजी नपुगेका बिमा कम्पनीले पेश गरे कार्ययोजना, अपारदर्शी हिसाव कितावका कारण अडिट रिपोर्टमा समस्या

 

काठमाडौं । बीमा कम्पनीहरुको नियामक बिमा प्राधिकरणले तोकेको चुत्ता पुँजी पुराउन पुँजी नपुगेका कम्पनीहरुले प्राधिकरण समक्ष कार्ययोजना पेश गरिसकेका भएपनि सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी (आरबिसियल) को भने पूँजी वृद्धि योजना अन्योलपूर्ण बनेको छ ।

पुँजी नपुगेका बिमा कम्पनीहरुले आउँदो असार मसान्तसम्म पुँजी पुराउने कार्ययोजना प्रधिकरण समक्ष पेश गरेका भएपनि आरबिसियलले भने पुँजी पुराउने कार्ययोजना समेत बनाउन सकेको छैन । आरबिसियलको आर्थिक बर्ष २)७४र)७५ र आर्थिक बर्ष २)७५र)७६ को अडिट रिपोर्ट अझैसम्म पनि पूरा नभएका कारण कम्पनीले पुँजी वृद्धिको कार्ययोजना बनाउन नसकेको हो ।

आर्थिक बर्ष २७३र)७४, २)७४र)७५ र २)७५र)७६को गरी तीन बर्षको साधारणसभा एकै पटक गरेर यही दशैंसम्म नियामक प्राधिकरणले तोकेको पुँजी पुराउन प्रस्ताव गर्ने आरबिसियलका प्रमुख कार्यकारी अधिकृत डा. शिवकुमार श्रेष्ठले यस अघिनै बताएका थिए । तर अहिले सम्म आर्थिक बर्ष २)७३र)७४ को अडिट रिपोर्ट मात्र स्विकृत भएको कारण दशै लगत्तै साधारणसभा गरेर मुनाफा बितरणगरी पुँजी पुराउने योजना तुहिएको छ ।

यस कम्पनीको आर्थिक बर्ष २)७३र)७४ को अडिट रिपोर्टलाई मात्र बिमा प्राधिकरणले स्विकृति दिईसकेको छ । आर्थिक बर्ष २)७४र)७५को अडिट रिपोर्ट स्विकृतिका लागि पेश गरिएकोमा बीमा प्राधिकरणबाट रिपोर्ट उपर प्रश्नहरु एठाई स्विकृत गरिएको छैन । आर्थिक बर्ष २)७५र)७६को अडिट रिपार्ट तयारनै भईनसकको भन्दै प्राधिकरण समक्ष पेशनै गरिएको छैन ।

लेखा प्रणाली ब्यवस्थित र पारदर्शी नभएका कारण अडिट रिपोर्ट तयार बनाउन नसक्दा यस कम्पनीले आर्थिक बर्ष २)७२र)७३ देखि साधारणसभा गर्न सकेको छैन । हिसाव पारदर्शी नभएकै कारण मुनाफा वितरणमा समेत प्राधिकरणले रोक लगाउँदै आएको छ ।

यस कम्पनीको गत अर्थिक बर्षको असारमा आर्थिक बर्ष २)६८र)६९ देखि आर्थिक बर्ष २)७२र)७३ सम्मको तिन बर्षको साधारणसभा बिना मुनाफा सम्पन्न गरिएको थियो । कम्पनीले १२० प्रतिशत मुनाफा बितरणका लागि प्रस्ताव गरेपनि हिसाव पारदर्शी नभएको भन्दै मुनाफा वितरणमा रोक लगाईएको थियो । म्यानुअली राखिएका हिसाव कितावका कारण आर्थिक बर्ष २)७५र)७६ सम्मको लेखा प्रणालीमा ब्यापक समस्या रहेको बताईन्छ।

गत असार मसान्तभित्र केही बिमा कम्पनीले तोकिएको चुक्ता पूँजी र्पुयाउन नसकेपछि प्राधिकरणले रिजर्भ र निश्चित प्रोभिजनलाई पनि चुक्ता पूँजीमा गणना गर्न पाइने गरी बाधा अड्काउ फुकाएको ब्यवस्था गरेको थियो । तर आरबिसियलको भने अडिट रिपोर्ट तयारनै हुन नसकेका कारण प्रोभिजनलाई चुक्ता पूँजीमा गणना गर्ने योजनानै बन्न सकेको छ्रैन।

पुँजी नपुगेका अन्य सवै कम्पनीहरुले आउदो असार सम्म पुँजी पुराउने कार्ययोजना बिमा प्रधिकरणमा बुझएका भएपनि आरबिसियलले भने आउँदो असार सम्म पनि पुँजी पुराउने कार्ययोजना बनाउन सकेको छैन । हिसाव पारदर्शी नभएका कारण प्राधिकरणले अडिट रिपोर्ट स्विकृत गरेपनि मुनाफा वितरणमा रोक लगाउने गरेको छ ।

सरकारी बहुस्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा न्यून २६ करोड रुपैयाँ मात्रै छ । प्रधिकरणले तोकेको साढे दुई अर्बको पुँजी पुराउन कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी थप्नुपर्ने हुन्छ । यस कम्पनीको कुल पूँजीमा ३० प्रतिशत सर्वसाधारणको रहेको छ भने बाँकी ४१।०३ प्रतिशत नेपाल सरकार, १९।३७ प्रतिशत कर्मचारी सञ्चय कोष र ९।६० प्रतिशत नेपाल बैंकको स्वामित्व छ ।

विश्व