मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

अन्य कम्पनीहरुले धमाधम मुनाफा बितरण गरिरहँदा आरबिसियलको भने साधारणसभाकोनै छैन टुंगो

अन्य कम्पनीहरुले धमाधम मुनाफा बितरण गरिरहँदा आरबिसियलको भने साधारणसभाकोनै छैन टुंगो

 

काठमाडौं । शेयर बजारमा सूचिकृत कम्पनीहरुले धमाधम बार्षिक साधारणसभा गरेर मुनाफा घोषणा गरिरहँदा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी (आरबिसियल) ले भने कहिले साधारणसभा गर्ने भन्ने अत्तोपत्तो छैन ।

यही दशैं अघि आर्थिक बर्ष २०७३ ०७४, २०७४ ०७५ र २०७५ ०७६को गरी तीन बर्षको साधारणसभा एकै पटक सम्पन्न गरेर बीमा कम्पनीहरुको नियामक बिमा प्राधिकरणले तोकेको चुत्ता पुँजी पुराउन बोनस शेयरको प्रस्ताव गर्ने योजना रहेको कुरा यस अघि बताईएपनि अर्को दशैं सम्मपनि उक्त कार्ययोजना कार्यान्वयनमा आउनेमा आशंका देखिएको छ ।

यस कम्पनीको आर्थिक बर्ष २०७४ ०७५ र आर्थिक बर्ष २०७५ ०७६ को अडिट रिपोर्ट अझैसम्म पनि पूरा नभएका कारण तत्काल साधारणसभा गर्ने सम्भावना नभएको हो । यस अघि कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. शिवकुमार श्रेष्ठले भरसक दशैंअघि नभए तिहार लगत्तै आर्थिक बर्ष २०७३ ०७४, २०७४ ०७५ र २०७५ ०७६को गरी तीन बर्षको साधारणसभा एकै पटक गरेर पुँजी पुराउने प्रस्ताव गर्ने बताएका थिए ।

अहिले सम्म यस कम्पनीको आर्थिक बर्ष २०७३ ०७४ को अडिट रिपोर्टलाई मात्र बिमा प्राधिकरणले स्विकृति गरिदिएको छ । आर्थिक बर्ष २०७४ ०७५को अडिट रिपोर्ट स्विकृतिका लागि पेश गरिएकोमा बीमा प्राधिकरणबाट रिपोर्ट उपर प्रश्नहरु एठाई स्विकृत गरिएको छैन भने आर्थिक बर्ष २)७५र)७६को अडिट रिपोर्ट तयारनै भईसकको छैन ।

लेखा प्रणाली ब्यवस्थित र पारदर्शी नभएका कारण अडिट रिपोर्ट तयार बनाउनका लागि यस कम्पनीलाई मुस्किल परेको हो यस कम्पनीले आर्थिक बर्ष २)७२र)७३ देखि साधारणसभा गर्न सकेको छैन । शेयर बजारमा सूचिकृतभई कारोवार भईरहेका कम्पनी मध्यमा आरबिसियलले दश बर्षदेखि साधारणसभा नगर्ने र मुनाफा बितरण नगर्ने कम्पनीको रुपमा ईतिहास रचेको छ ।

यस कम्पनीको गत अर्थिक बर्षको असारमा आर्थिक बर्ष २०६८ ०६९ देखि आर्थिक बर्ष २०७२ ०७३ सम्मको तिन बर्षको साधारणसभा बिना मुनाफा सम्पन्न गरिएको थियो । कम्पनीले १२० प्रतिशत मुनाफा बितरणका लागि प्रस्ताव गरेपनि हिसाव पारदर्शी नभएको भन्दै मुनाफा वितरणमा रोक लगाईएको थियो । म्यानुअली राखिएका हिसाव कितावका कारण आर्थिक बर्ष २०७५ ०७६ सम्मको लेखा प्रणालीमा ब्यापक समस्या रहेको बताईन्छ।

गत असार मसान्तभित्र केही बिमा कम्पनीले तोकिएको चुक्ता पूँजी र्पुयाउन नसकेपछि प्राधिकरणले रिजर्भ र निश्चित प्रोभिजनलाई पनि चुक्ता पूँजीमा गणना गर्न पाइने गरी बाधा अड्काउ फुकाएको ब्यवस्था गरेको थियो । तर आरबिसियलको भने अडिट रिपोर्ट तयारनै हुन नसकेका कारण प्रोभिजनलाई चुक्ता पूँजीमा गणना गर्ने योजनानै बन्न सकेको छ्रैन।

पुँजी नपुगेका अन्य सवै कम्पनीहरुले आउदो असार सम्म पुँजी पुराउने कार्ययोजना बिमा प्रधिकरणमा बुझएका भएपनि आरबिसियलले भने आउँदो असार सम्म पनि पुँजी पुराउने कार्ययोजना बनाउन सकेको छैन । हिसाव पारदर्शी नभएका कारण प्राधिकरणले अडिट रिपोर्ट स्विकृत गरेपनि मुनाफा वितरणमा रोक लगाउने गरेको छ ।

सरकारी बहुस्वामित्वको राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी सबैभन्दा न्यून २६ करोड रुपैयाँ मात्रै छ । प्रधिकरणले तोकेको साढे दुई अर्बको पुँजी पुराउन कम्पनीले २ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी थप्नुपर्ने हुन्छ । यस कम्पनीको कुल पूँजीमा ३० प्रतिशत सर्वसाधारणको रहेको छ भने बाँकी ४१।०३ प्रतिशत नेपाल सरकार, १९।३७ प्रतिशत कर्मचारी सञ्चय कोष र ९।६० प्रतिशत नेपाल बैंकको स्वामित्व छ ।

विश्व