मङ्लबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024
add-top

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिँदै

पोखरा । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिँदैछ ।

उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले दिएको म्याद आज सकिने भएपछि आजै अदालतमा पेस गर्न लागिएको हो ।

कास्की जिल्ला अदालतले गत आईतबार ६ दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई म्याद दिएको थियो ।
पहिलो पटक थपिएको ६ दिनको समयमा बयान नसकिएपछि प्रहरीले थप थुनामा राख्न आज म्याद थपका लागि अदालतमा पेस गर्न लागेको बताईएको छ ।

विश्व