वासिङ्टन । धनाड्य एलोन मस्कले अमेरिकी राष्ट्रपति पदका उम्मेद्वार डोनाल्ड ट्रम्पको चुनावी अभियानलाई सहयोग पुराउन मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने घोषणा विरुद्ध अमेरिकी न्याय विभागले सचेत गराएको छ ।
एलोन मस्कको उक्त घोषणा कानुन उल्लंघनको दायरामा आउन सक्ने भन्दै न्याय विभागले एक पत्रनै पठाएर सचेत गराएको छ । यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने कुरा त्यहाँका केही कानुनविद्हरूले पहिल्यै औँलाएका थिए।