मङ्लबार, मंसिर ११, २०८१
Tuesday, November 26, 2024
add-top

आज लक्ष्मीपूजा पर्व ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

आज लक्ष्मीपूजा पर्व ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी मनाइँदै

काठमाडौं । ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको आज पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

लिपपोत गरिएको सफासुग्घर घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता अनुसार घर आगन सफा सुग्घर गरेर लक्ष्मीलाई आमन्त्रण गर्ने र साँझमा दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गर्ने प्रचलन रहको छ।

लक्ष्मीपूजा गरेपछि धनदौलत बढ्ने धार्मिक विश्वास रहेको छ। आजैबाट सुरु हुने देउसी भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी सहित दान दिने प्रचलन रहेको छ । कात्तिक महिनामा दान दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

विश्व