काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनको शोकमा सरकारले आज सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले पूर्वसभामुख स्वर्गीय ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार ढुंगानाको निधनको शोकमा आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइने छ।
केही समयदेखि अस्वस्थ्य रहदै आएका ढुंगानाको आइतबार दिउँसो उपचारको क्रममा निधन भएको थियो ।
स्वर्गीय ढुंगानाको आज बिहान साढे ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ । ढुंगानाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने पनि सञ्चार मन्त्री गुरुङले जानकारी दिएका छन् ।
वरिष्ठ अधिवक्ता ढुंगाना २०४८ सालदेखि २०५१ सालसम्म सभामुख बनेका थिए ।