काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आज चीन भ्रमणमा जान लागेकी छन् । उनी चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चिन भ्रमणमा जान लागेकी हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीलगायत दुई देशबिचको आपसी हितका विविध विषयमा छलफल गर्ने उद्धेश्यका साथ उनी चीन भ्रमणमा जान लागेकी हुन् । । प्रधानमन्त्री ओलीले मङ्सिर १७ गतेदेखि चीनको भ्रमण गर्दै छन् ।
परराष्ट्र मन्त्रालय श्रोतका अनुसार राणाले मङ्सिर १४ गते आफ्ना चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ ।