मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
add-top

पोखरामा गर्न लगिएको कोटीहोम रोक्न महानगरले प्रयास अघि बढाएपछी आयोजकले लियो जसरी पनि गर्ने अडान, द्वन्दको सम्भावना

पोखरामा गर्न लगिएको कोटीहोम रोक्न महानगरले प्रयास अघि बढाएपछी आयोजकले लियो जसरी पनि गर्ने अडान, द्वन्दको सम्भावना

पोखरा।पोखराको लेकसाइडस्थित खुला चौरमा कोटीहोम सञ्चालनका लागि तयारी भैरहेको बेला पोखरा महानगरपालिकाले रोक्ने प्रक्रिया अघि बढाएको छ।

पोखरा महानगरले सो क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै अनुमतिविना गरिए त्यसलाई रोक्ने चेतावनी दिएको छ। यसैगरी कोटीहोम संचालकले पनि जसरी पनि सो क्षेत्रमा निर्धारित समयमा तय गरिएको कार्यक्रम अनुसारनै कार्यक्रम गरिने बताएका छन्।

मानव सेवा फाउण्डेसन नेपालको आयोजनामा हुन लागेको कोटीहोमको क्रममा गर्न नदिने र गरेरै छोडने पक्षबीच द्वन्द हुने अवस्था देखिएको छ। महानगरका मेयर धनराज आचार्यले अहिले यो कार्यक्रम हुन रोक्नका लागि जुनसुकै कदम उठाउने बताएइरहदा आयोजकले धर्मको रक्षाका निम्ति अधर्म पनि गर्ने भन्दै भिडन्त गरेरै भएपनि कार्यक्रम सफल पर्ने दावी गरिरहेको छ।

महानगरले कोटीहोम हुन लागेको जग्गा सहरको अति व्यस्त स्थान भएको र आन्तरिक र बाह्य पर्यटकहरू घुमफिर गर्ने मुख्य पर्यटकीय केन्द्र रहेको भन्दै विश्व रामसार सुचीमा सूचीकृत फेवातालको किनार र पर्यटनको मुख्य सिजनमा लामो समयसम्म आवतजावत अवरुद्ध गर्नेगरी भिडभाड गर्न नहुने तर्क अघि सार्दै यसलाई रोक्न विभिन्न तवरले पहल अघि बढाएको छ। त्यसका लागि महानगरले नेपाल ट्रस्टको कार्यलयदेखि प्रहरी प्रशासन समेतलाई गुहार मागेको छ।

यता मानव सेवा फाउण्डेसनले कोटीहोमको तयारी अन्तिम चरणमा पोगेको बेला रोक्ने प्रयास गर्नु धर्म र संस्कृति माथीको प्रयास भनेको छ। आयोजकले कार्यक्रम रोक्न बल प्रयोग गरिए प्रतिरक्षा गरिने बताएको छ।

विश्व