काठमाण्डौ। चालू आर्थिक बर्षको त्रैमासिक समिक्षा यहि माघ महिनाको अन्त्यमा सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंक एकाएक पछि हटेको छ।
नेपाल राष्ट्र बैंकले माघ महिनाको अन्त्यमा समिक्षा ल्याउनका लागि तयारी गर्दैगर्दा अहिले समिक्षा सार्वजनिक नगर्न निर्देशन आएको कारण रोकिएको बताइएको छ । नेपाल राष्ट्र बैंक श्रोतका आनुसार त्यस्तो निर्देशन अर्थ मन्त्रालयबाट भने आएको होइन। केही अधिकारीले प्रधानमन्त्रीका आर्थिक तथा बिकास सल्लाहकार युवराज खतिवडाले समिक्षामा समावेस गरिने बिषय हेर्न चाहेको कारण रोकिएको अनुमान गरेका छन।
ऋण प्रवाहमा अवरोध सृजना गरि सरकारलाई असहयोग गर्ने र समग्र अर्थतन्त्रलाईनै प्रवाहित पार्ने काम नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेको आरोप लागेको बेला उनले सहज गर्नेगरी मौद्रिक नीतिको समिक्षा ल्याउन लाग्दा उनलाई अवरोध गरिएको चर्चा नेपाल राष्ट्र बैंकमा हुने गरेको छ।
उद्योगि र ब्यापारि बर्गले अहिले ल्याउ लागिएको समिक्षाले शेयर बजार लगायत समग्र आर्थिक अवस्थालाई चलयामान गराउने अपेक्षा गरेका थिए। आर्थिक वर्ष २०८१ ०८२ को मौद्रिक नीतिको त्रैमासिक समिक्षाले बढीरहिको तरलतालाई ब्यवस्थापन गर्नेगरी ऋण प्रवाहमा लगाइएका अवरोधलाई खुकुलो पार्ने योजनालाई ब्रेक लगाइएको छ, नेपाल रास्ट्रबैंकका एक उच्चस्तरीय अधिकारिले भने।
अब ल्याइने मौद्रिक नीतिको त्रैमासिक समिक्षाले घर जग्गा र शेयर लोनमा लगाईएका अवरोधहरुलाई हटाउने र बैक तथा वित्तिय संस्था विशेषगरेर लघुवित्त कम्पनीहरुलाई मुनाफा वितरणमा अवरोध नगर्ने लगायतका सहज ब्यवस्था गर्ने यिजना बनाइएको थियो तर अहिले कस्को चाहानामा के को लागि रिकियो भन्ने अनुमान गर्नै गाह्रो भएको छ, उक्त श्रोतले भन्यो ।