काठमाण्डौ। चालू आर्थिक बर्षको त्रैमासिक समिक्षा यहि यहि फागुन नौ गाते सार्वजनिक गर्ने तयारीमा नेपाल राष्ट्र बैंक लागेको छ।
नेपाल राष्ट्र बैंकले ऋण प्रवाहमा सहजता ल्याउने मौद्रिक समिक्षा ल्याउन लागेको श्रोतको भनाइ छ। उद्योगि, ब्यापारि र शेयर बजारका लगानीकर्ताको माग र भावनालाई सम्बोधन गर्नेगरी समिक्षा ल्याइने छ, नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारिले भने, अहिले ल्याउ लागिएको समिक्षाले समग्र आर्थिक अवस्थालाई चलयामान गराउने बिश्वास गरिएको छ।
आर्थिक वर्ष २०८१ ०८२ को मौद्रिक नीतिको त्रैमासिक समिक्षाले बढीरहिको तरलतालाई ब्यवस्थापन गर्नै पर्ने बाध्यता रहेकाले पनि ऋण प्रवाहमा लगाइएका अवरोधलाई खुकुलो पार्नको विकल्प छैन,ति अधिकारिले भने अब ल्याइने मौद्रिक नीतिको त्रैमासिक समिक्षाले घर जग्गा र शेयर लोनमा लगाईएका अवरोधहरुलाई हटाउने छ।
उनका अनुसार बैक तथा वित्तिय संस्थाले तरलता ब्यबस्थापन गर्न शेयर खरिदमा छुट संगै लघुवित्त कम्पनीहरुलाई मुनाफा वितरणमा अवरोध नगर्ने लगायतका सहज ब्यवस्था गर्ने बिशयमा गभर्नर महाप्रसाद अधिकरी पनि सकारात्मक रहेको ती अधिकारीले बताएका छ्न।
गभर्नर अधिकारी चार बर्शको कार्यकाल सकेर यहि आउदो चैत २४ गते बिदा हुदैछन।