सोमवार, चैत्र २५, २०८१
Monday, April 7, 2025
add-top

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति तत्काल नहुने, ढुंगानालाइ तोकियो कामु गभर्नर

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति तत्काल नहुने, ढुंगानालाइ तोकियो कामु गभर्नर

काठमाडौं । तत्काल नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति नहुने भएको छ। प्रमुख सत्ता साझेदार दलहरू- नेपाली काङ्ग्रेस र नेकपा एमालेका बिचमा कस्लाइ गभर्नर नियुक्ति गर्ने भन्ने विषयमा सहमति नभएका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको हो।

तत्काल गभर्नर नियुक्ति नहुने भएकै कारण सोमबार नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी दिइएको छ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई कामु गभर्नरको जिम्मेवारी तोकेका हुन् । नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित तीन सदस्यीय समितिको संयोजक समेत रकेका अर्थमन्त्री पौडेलले नेपाली काङ्ग्रेस र नेकपा एमालेका बिचमा कस्लाइ गभर्नर नियुक्ति गर्ने भन्ने विषयमा सहमति नभएकै कारण सिफारिस समेत गर्न सकेको छैन।

आफू अनुकुलका ब्यक्तिलाई गभर्नर नियुक्ति गरेर नेपाल राष्ट्र बैंक मार्फत समग्र अर्थतन्त्र प्रभावित पार्ने मनसायले बिचौलियाहरु सलबलाइ रहेका बेला सरकारले गभर्नर नियुक्तिमा विलम्ब गर्दा बिचौलियाहरु आफू अनुकुलका ब्यक्तिहरु समएर शक्तिकेन्द्र धाइरहेका छन।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ को ब्यवस्था बमोजिम ढुङ्गानालाइ कामुको जिम्मेवारी दिएको जनाएको अर्थ मन्त्रालयले नयाँ गभर्नर नियुक्तिमा भएको विलम्बका बिसयमा केही प्रष्ट पारेको छैन।

विश्व