काठमाडौं । नेकपा एमाले नेतृत्वको वर्तमान सरकारले पूर्व गभर्नर युवराज खतिवडालाइनै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने तयारी गरेको छ। बिगि्रएको अर्थतन्त्रलाई सुधार गर्ने नाममा पूर्व अर्थमन्त्री समेत रहेका खतिवडालाई पुनः गभर्नर बनाउनका लागि एमाले नेतृत्व नै लागिपरेको बताइएको छ ।
सत्ता सझेदार नेपाली काङ्ग्रेस र एमालेकाबीचमा कस्लाइ नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने भन्ने बिसयमा सहमति बन्न नसकिरहेको बेला एमालेले खतिवडालाई पुनः गभर्नर बनाउन लागेको छ। यश बिसयलाई राजनीतिक रुपमा अर्थपूर्ण ढंगले हेरिएको छ । कतिपयले गभर्नर नियुक्तिको बिवादले सत्ता सझेदार दलमा दरार आउने आकलन गरेका छ्न।
प्रमुख सत्ता साझेदार दलहरू विशेष गरेर नेपाली काङ्ग्रेस र नेकपा एमालेका बिचमा कस्लाइ गभर्नर नियुक्ति गर्ने भन्ने विषयमा सहमति नभएपछि सरकारको नेतृत्व गरेको एमालेले जवरजस्ती आफू अनुकूलको ब्यक्तिलाइ गभर्नर नियुक्ति गर्न लागेको भन्दै नेपाली काङ्ग्रेस भित्र सरकार छोडन पर्ने सम्मको बहस सुरु भएको छ ।
सरकारमा सहभागी दलहरूका बीचमा उत्पन्न असहमतिका कारण तत्काल गभर्नर नियुक्ति नहुने भएकै कारण सरकारले सोमबार नेपाल राष्ट्र बैंककी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानालाई कायम मुकायम (कामु) गभर्नरको जिम्मेवारी दिइएको थियो । नेपाली काङ्ग्रेसले आफुले सिफारिस गरेको ब्यक्तिलाइ गभर्नर बनाउन भनेपनी सिफारिसमा ढिलो भएको भन्दै प्रधानमन्त्री केपि ओलिको निर्देशनमा अर्थमन्त्री बिष्णु पौडेलले कलौटी रुपमा ढुंगानालाई कामू तोकेको बताइन्छ।
उपप्रधान एवं अर्थमन्त्री पौडेलले उनलाई कामु गभर्नरको जिम्मेवारी दिदा समेत नेपाली काङ्ग्रेससङ्ग सल्लाह गरेको थिएन । नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस गर्न गठित तीन सदस्यीय समितिको संयोजक समेत रकेका अर्थमन्त्री पौडेलले नेपाली काङ्ग्रेसलाई गलाएर आफ्नो मान्छेलाई नियुक्त गर्नैका लागि अहिले सम्म बैठक समेत नराखेका बताइन्छ ।
आफू अनुकुलका ब्यक्तिलाई गभर्नर नियुक्ति गरेर नेपाल राष्ट्र बैंक मार्फत समग्र अर्थतन्त्र प्रभावित पार्ने मनसायले बिचौलियाहरु समेत यतिखेर सलबलाइरहेका छन। सरकारले गभर्नर नियुक्तिमा विलम्ब गर्दा बिचौलियाहरु आफू अनुकुलका ब्यक्तिहरु समाएर शक्तिकेन्द्र धाइरहेको चर्चा यश अघिनै ब्याप्त छ।
महाप्रसाद अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल पूरा गरेर गत शुक्रबारदेखि अवकाश लिए पछि नेपाल रास्ट्र बैंक गत शुक्रवारदेखिनै नेतृत्वविहिन भएको छ। अमुक निकायको निर्देशनमा देशको अर्थतन्त्रलाई सङ्कटमा धकेलेको आरोप खेपेका अधिकारीलाई त्यसो गर्न खतिवडालेनै उस्काएको आरोप पनि बेलाबेलामा लाग्ने गरेको छ।
नेपाली उद्धमी, ब्यवसायी र लगानीकर्तालाइ प्रतिशोधपूर्ण ढंगले प्रताडित बनाएको र अर्थतन्त्रलाई थप सङ्कटमा धकेलेर अन्तराष्ट्रिय स्तरमै मुलुकको शाख गिराएको आरोप अधिकारीमाथि मात्रै नभएर
खतिवडालाई पनि लाग्ने गरेको छ।