आइतवार, चैत्र ३१, २०८१
Sunday, April 13, 2025
add-top

दुर्गा प्रसाईं उपर अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो १२ दिनको म्याद

दुर्गा प्रसाईं उपर अनुसन्धान गर्न प्रहरीलाई अदालतले दियो १२ दिनको म्याद

काठमाडौंको काठमाडौंको तीनकुनेमा यहि चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले १२ दिनको म्याद दिएको छ।

शुक्रबार बिहान काकडभिट्टाबाट नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतमा पेश गरिएका प्रसाईं सहित उनका बडिगार्ड दीपक खड्कालाई अनुसन्धान गर्न १२ दिनको म्याद अनुमति दिएको हो।

जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई प्रहरीकै माग अनुसार अनुसन्धान गर्न १२ दिनको म्याद दिएको बताइएको छ। साथै सो इजलासले प्रसाईंको एथोचित स्वास्थ उपचारको ब्यवस्था गर्न पनि भनेको छ।

दुई जनाको ज्यान जानेगरी चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शन लगत्तै प्रसाईं फरार भएका थिए।

विश्व